बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०८१ असार १० गते

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिपुर नगरपालिका-४ का ३५ वर्षीय दिपक थापालाई ०८१ असार ९ गते इलाका प्रहरी कार्यालय हरिपुरले गिरफ्तार गरेको छ ।

आरोपितले ०८० चैत ११ गते पीडितलाई आफ्नो घरमा बोलाई प्रलोभन दिई बलात्कार प्रयास गरेको भन्दै चैत २२ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भयो ।

आरोपितलाई ०८१ असार ९ गते गिरफ्तार गरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई घटना बारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर ठाकुर प्रसादले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण ०८० चैत २३ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।


बुधन साह