बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०८१ असार ७ गते

५९ वर्षीया महिलालाई बलात्कार प्रयास गरी फरार रहेको मिर्चैया नगरपालिका-७ का ५० वर्षीय मोहमद मोतिबुल शेखलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८१ असार ५ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई ०८० मङ्सिर ४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा मङ्सिर ५ गते उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा मङ्सिर ५ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी पञ्चकुमार बाकुले घटना पछि फरार रहेका आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएको बताउनु भयो ।


दुर्गा परियार