बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले पालुङटार नपा-२ आँपपीपलका ३९ वर्षीय प्रेम श्रेष्ठविरूद्ध फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले फागुन २५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको हो ।

आरोपितलाई प्रहरीले फागुन ३० गते नै गिरफ्तार गरेको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन २९ गते जिल्ला अस्पतालमा गरिएको छ ।


हरिराम उप्रेती