बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिपुर नगरपालिका-३ हरैयाका ३४ वर्षीय सुमन थापालाई ०८१ जेठ १० गते इलाका प्रहरी कार्यालय हरिपुरले गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई ०८० फागुन २६ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध चैत ६ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको थियो ।

आरोपितलाई ०८१ जेठ १० गते गिरफ्तार गरी जेठ ११ गते जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर ठाकुर प्रसादले जानकारी दिनु भयो ।


बुधन साह