बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा चन्द्रपुर नगरपालिका-१० बाल्चनपुरका २८ वर्षीय दिनेश सहनीविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ०८१ जेठ ४ गते उजुरी दिनु भएको छ ।

आरोपितले पीडितलाई वैशाख ९ गते ललाइफकाइ बलात्कार प्रयास गरेको पीडित पक्षले बताउनु भयो ।

सामाजिक रुपमा आफूहरू अपमानित हुने डरका साथसाथै आरोपित पक्षले घटनालाई गाउँमै मिलाउन दबाब समेत दिएकोले पीडित पक्षले ढिला उजुरी दिएको प्रहरीले जनाएको छ ।

पीडितको स्वस्थ्य परीक्षण चन्द्रपुर सरकारी अस्पतालमा जेठ ४ गते भयो ।

घटना पश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।


गौरी न्यौपाने