बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी २२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिपुरा सुन्दरी गाउँपालिका-६ का ४५ वर्षीय दधिवल रायलाई प्रहरीले ०८१ वैशाख २१ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले वैशाख १३ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर संजिवकुमार यादवले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १७ गते चौतारा अस्पतालमा भयो ।


नातिबावु धिताल