बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिपुर्वा नगरपालिका–६ का ३७ वर्षीय सुशिलकुमार रायलाई ०८१ वैशाख १२ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ ।

पीडितका पति १८ महिनादेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा बस्दै आएका छन् । ०८० पुस २६ गते पीडित घरमा एक्लै भएको मौका छोपि आरोपितले बलात्कार प्रयास गरेको भन्दै माघ १० गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भयो ।

आरोपितलाई वैशाख १३ गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई घटना बारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ११ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।


बुधन साह