बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कौडेना गाउँपालिका–५ का ३६ वर्षीय राम ईश्वर प्रसाद साहलाई ०८१ वैशाख ४ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ ।

पीडितका पति १८ महिनादेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा बस्दै आइरहेको र पीडित ०८० फागुन ९ गते घरमा एक्लै भएको मौका छोपी आरोपितले बलात्कार प्रयास गरेको भन्दै फागुन १६ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

आरोपितलाई ०८१ वैशाख ४ गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।


बुदन साह