बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सुखिपुर नगरपालिका–४ का ४३ वर्षीय फुलगेन सिंह भन्ने रामसिंह दनुवारलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८० चैत १९ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई चैत १६ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा सोही दिन उजुरी दिएको पीडितले बताइन् । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा चैत १६ गते भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर उदयभान द्धिवेदीले घटना पछि फरार रहेका आरोपितलाई गिरफ्तार गरी कारवाही प्रक्रिया अगाडि बढाएको बताउनु भयो ।


दुर्गा परियार