बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०८० माघ २५ गते

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले प्यूठान जिल्ला मल्लरानी गाउँपालिका–४ स्थायी घरभई बुटवल उपमनपा–९ बस्ने २७ वर्षीय आश्रित श्रेष्ठलाई माघ २३ गते बुटवलबाट गिरफ्तार गरेको छ ।  पीडितलाई आरोपितले माघ २२ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले माघ २४ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनु भएको थियो ।

उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी बिजयराज पण्डितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २४ गते भीम अस्पताल, भैरहवामा गरिएको थियो ।


रीमा बिसी