बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०८० माघ १३ गते

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका–८ का ३४ वर्षीय दिलिप कुमार यादवलाई ०८० माघ ११ गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ ।

आरोपित यादवले पीडित महिलालाई ०८० मङ्सिर २४ गते पीडितकै घरको पछाडि बलात्कार प्रयास गरेको भन्दै पुस २ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भयो ।

आरोपित यादवलाई माघ ११ गते गिरफ्तार गरी माघ १२ गते जिल्ला अदालतबाट एक हपताको लागि म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर सुमन बानियाले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस ३ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।


बुधन साह