बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० माघ २ गते कौडेना गाउँपालिका–६ इनरवाका ३१ वर्षीय नविन कुमार चौधरी विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।

आरोपितले पीडितलाई पुस २४ गते  पीडितकै घरमा आइ बलात्कार प्रयास गरेको पीडितको आरोप रहेको छ ।

पीडितको स्वास्थ्य परीक्षण माघ २ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

उजुरी पश्चात आरोपित चौधरी फरार रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।


बुधन साह