बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७३ भदौ २२ गते

१२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा दशेरा गाविस-८ का १८ वर्षीय भरत शाही र सोही ठाउँका १८ वर्षीय चन्द्रबहादुर शाहीलाई प्रहरीले भदौ २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई भदौ १५ गते आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले भदौ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीपछि इलाका प्रहरी कार्यालय पाँचकटियाका प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हिक्मत बोहोराले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल जाजरकोटमा भदौ २० गते गरिएको प्रहरीले जनाएको छ ।


दिनेशकुमार श्रेष्ठ