बलात्कार प्रयास घटनाका आरोपितलाई गोली प्रहार गरी गिरफ्तार
१० वर्षीया बालिका बलात्कार प्रयास घटनाका आरोपित बैजनाथ गाउँपालिका– १ चिसापानीका ३० वर्षीय आकाश रानालाई प्रहरीले मङ्सिर १ गते गोली प्रहार गरी गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपित रानाले कात्तिक २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण डाँगीले जानकारी दिनु भयो ।
यसैगरी, कोहलपुर नगरपालिका– १२ चप्परगौडीका २९ वर्षीय मिनबहादुर बिकमाथि खुकुरी प्रहार गरेर लुकेर बसेका रानालाई गिरफ्तार गर्न खोज्दा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेको अवस्थामा प्रहरीले तीन राउन्ड गोली चलाएको डिएसपी डाँगीले बताउनु भयो ।
खुट्टामा गोली लागेको रानाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…