बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ब्रह्मपुरी गाउँपालिका–६ नोकैल्वाका ३८ वर्षीय अबधेस भन्ने अनुरोध कुमार यादवलाई ०८० असोज २० गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८० भदौ २४ गते पीडितकै घरमा बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध असोज १४ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भयो ।

पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी ०८० असोज २१ गते जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज १५ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको डा. नवलकिशोर झाले जानकारी दिनु भयो ।


बुधन साह