बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ऐंसेलुखर्क गाउँपालिका-५ महेश्वरीका ४३ वर्षीय खेमराज वनलाई पुस २२ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले पुस १७ गते बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । घटनापछि पीडित युवतीले पुस १८ गते इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कमा उजुरी दिएकी थिइन् ।

उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिए लगत्तै सदरमुकाम दिक्तेलस्थित जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सई मनोज यादवले बताए ।


सुनिता मगर