बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० असोज १४ गते ब्रहमपुरी गाउँपालिका–६ नोकैल्वाका ३८ वर्षीय अवधेस यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।

आरोपितले पीडितलाई ०८० भदौ २४ गते पीडितकै घरमा बलात्कार प्रयास गरेको पीडित महिलाकी भाइ जितेन्द्र यादवले बताउनु भयो ।

घटना पश्चात उजुरी दिएको थाहा पाए लगत्तै आरोपित यादव फरार रहेकोले खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १५ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको डा. नवलकिशोर झाले जानकारी दिनु भयो ।


बुधन साह