बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

  ०८० असोज ९ गते

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मिर्चैया नगरपालिका–१२ का ४० वर्षीय रामदेव दास विरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा असोज ९ गते उजुरी दिनु भयो ।

पीडित पक्षका अनुसार आरोपितले पीडितलाई भदौ ३० गते बलात्कार प्रयास गरेको हाे ।

पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा असोज ९ गते भयाे । घटना पश्चात आरोपित फरार रहेकोले खोज तलास भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले बताउनु भयो ।


दुर्गा परियार