बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले असोज ४ गते ब्रहमपुरी गाउँपालिका–६ नोकैल्वाका ३३ वर्षीय अबधेर यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भयो ।

पीडित महिलाका अनुसार भदौ २६ गते आफू घरमा एक्लै भएको मौका छोपी आरोपितले कुटपिट गर्नुका साथै बलात्कार प्रयास गरेको हो ।

घटना पश्चात उजुरी दिएको थाहा पाए लगत्तै आरोपित यादव फरार रहेकोले खोजी कार्य भइरहेका जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ४ गते जिल्ला अस्पताल मलङ्गवामा भएको थियो ।


बुधन साह