बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
७० वर्षीया वृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दोधराचादँनी नगरपालिका–७ का ३२ वर्षीय गणेश सुनारलाई ०८० भदौ १५ गते गिरफ्तार गरेको छ ।
बाख्रा बाध्ने गोठमा एक्लै सुतिरहेको समयमा गोठ भित्र प्रवेश गरी भदौ १४ गते राति बलात्कारको प्रयास गरेकोले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दिएको पीडितकी बुहारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
कोठासँगै जोडिएको गोठमा आमा सुतिरहेको बेला बलात्कारको प्रयास भइरहेको अवस्थामा आमा रुनकराउन थालेपछि आफूहरुले थाहा पाएको पीडितकी बुहारीको भनाइ छ ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई भदौ १५ गते राति घरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरी जबरजस्तीकरणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालयका, इन्स्फ्ेक्टर अर्जुन साउदले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ १५ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…