बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२६ वर्षीया महिलालाई जेठ ३ गते बलात्कार प्रयास गरेको आरोपमा ३० वर्षीय जेठाजुलाई सोही दिन गिरफ्तार गरेको छ ।
पीडितका पति विगत चार वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहेको पीडितले बताउनु भयो ।
वैदेशिक रोजगारमा रहेको पतिले आफूसहित छोराछोरीलाई खान लाउन नदिएको र परिवारका अन्य सदस्यहरूले समेत आफूहरूमाथि हिंसा गरेको भन्दै पीडित महिला जिरोमाइल स्थित प्रहरी चौकीमा पुगेकी थिइन् ।
प्रहरीले पीडितको जेठाजु र सासु आमालाई बोलाएर घरायसी विवाद आपसमै सुल्झाउन र सहमति मै बस्न भनेर सम्झाई बुझाइ गरी पठाएको पीडितको भनाई छ । तर, घर पुग्दा पीडितलाई जेठाजुले कुटपिट गर्दै कोठामा बन्द गरी बलात्कार गर्ने प्रयास गरेको र प्रतिकार गर्दा शरिरको लुगा च्यातेर कुटपिट गर्दै छुरासमेत प्रहार गरेको पीडित महिलाले बताउनु भयो ।
आरोपितलाई घरबाटै गिरफ्तार गरि आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको जिरोमाइल प्रहरी चौकीका असाई वीरेन्द्र यादवले बताउनु भयो ।
अजयकुमार साह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…