बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

  ०८० जेठ ३ गते

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले जेठ २ गते बरहथवा नगरपालिका–३ का ३६ वर्षीय राम नरेश महतोविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभयो ।

वैशाख २४ गते आरोपितले बलात्कार प्रयास गरेको पीडित महिलाले बताउनुभयो ।

उजुरी पश्चात आरोपित महतो फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मिकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको थियो ।

 


बुधन साह