बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भारतको विहार घर भइ बेनिघाटरोराङ गाउँपालिका-७ मा बस्ने ४० वर्षीय मनोजकुमार यादवलाई प्रहरीले ०८० वैशाख २७ गते गिरफ्तार गरेको छ ।

बेनिघाटरोराङ गाउँपालिका-७ मा पसल सञ्चालन गरेका यादवले वैशाख २६ गते महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडितले वैशाख २७ गते इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिनुभएको थियो ।

आरोपितविरुद्ध वैशाख २८ गते उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी एवम् इन्सपेक्टर धर्मजंग थिङले जानकारी दिनुभयो ।

पीडितको धादिङ अस्पतालमा वैशाख २८ गते स्वास्थय परीक्षण भयो ।

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोही आरोपितविरुद्ध वैशाख २७ गते उजुरी दिएकोमा वैशाख २८ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई वैशाख १ गते घरमै यौन दुर्व्यवहार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २८ गते धादिङ अस्पतालमा भयो ।

आरोपित जिल्ला अदालतको अनुमतिले प्रहरी हिरासतमा रहेको इन्सपेक्टर थिङले बताउनु भयो ।


सीताराम अधिकारी