बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

  ०८० वैशाख १४ गते

३४ वर्षीया महिलालाई रामनगर गाउँपालिका–३ खैरबा का ३६ वर्षीय रामप्रवेश अधिकारी यादवले वैशाख ४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा वैशाख १२ गते उजुरी दिनुभएको छ ।

पीडितलाई उनको घर पछाडी रहेको फूलबारीमा आरोपितले बलात्कार प्रयास गरेको पीडितले बताइन् ।

घटना पश्चात आरोपित यादव फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १३ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको छ ।

 


बुधन साह