बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

  ०७४ कात्तिक ७ गते

१९ वर्षीय युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा ४२ वर्षीय बावुविरूद्ध कात्तिक ६ गते जिल्ला प्रहरी कार्यलय गोरखामा उजुरी दर्ता भएको छ ।

आरोपितले आफ्नै छोरीलाई कात्तिक २ गते मादक पदार्थ सेवन गरी बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यलयमा मौखिक उजुरी दिएपनि लिखित उजुरी भने कात्तिक ६ गते मात्रै दिएको हो ।

उजुरीका आधारमा आरोपितलाई कात्तिक ३ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, गोरखाकी इन्स्पेक्टर कमला नरालले बताइन् ।

इन्स्पेक्टर नरालका अनुसार आरोपितले पीडितलाई यसअघि समेत पटकपटक यौन दुर्व्यवहारको प्रयास गर्दै आएको पीडितले दिएको उजुरीमा उल्लेख छ । पीडितको स्वास्थ्य परीक्षण कात्तिक ६ गते जिल्ला अस्पतालमा गरिएको पनि प्रहरीले जनाएको छ ।


हरिराम उप्रेती