बलात्कार प्रयास घटनाका आरोपित बिरुद्ध उजुरी

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा औरही गाउपालिका–५ का २४ वर्षीय मुकेश महरा बिरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा माघ २६ गते उजुरी दिइन् ।

आरोपितले माघ २५ गते बलात्कार प्रयास गरेकोले कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको पीडितले बताउनु भयो । महिलाको स्वास्थ्य परीक्षण प्रादेसिक अस्पताल सिरहामा माघ २६ गते भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर रामचन्द्र साहका अनुसार आरोपित फरार रहेकोले खोज तलास भइरहेको बताउनु भयो ।


दुर्गा परियार