बलात्कार प्रयास घटनाका आरोपितबिरुद्ध प्रहरीमा उजुरी

  ०७९ माघ १० गते

२८ वर्षीया महिलालाई माघ ६ गते हरिपुर्वा नगरपालिका–७ का ३६ वर्षीय रामविनोद यादवले बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले यादवबिरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा माघ ९ गते उजुरी दिनु भएको छ ।

आरोपितले पीडितको घर देखि पश्चिम रहेको फूलबारीमा आई बलात्कार प्रयास गरेकोे पीडितले बताएकी छिन् । पीडितको स्वास्थ्य परीक्षण माघ १० गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।

आरोपित यादव आफू बिरुद्ध उजुरी दिएको थाहा पाएपछि सिमावर्ती क्षेत्र भारत तर्फ भागेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका इन्स्पेक्टर राकेश यादवले जानकारी दिनु भयो ।

 


बुधन साह