बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७९ माघ १० गते

५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बाह्रविसे नगरपालिका-४ का ६८ वर्षीय पर्शबहादुर बुढाथोकीलाई प्रहरीले ०७९ माघ ९ गते बाह्रविसे बजारबाट गिरफ्तार गरेको छ ।

पीडितलाई ०७९ पुस २० गते आफ्नै घरमा बसेको अवस्थामा आरोपितले बलात्कार प्रयास गरेको पीडितको आरोप छ ।

पीडितले पुस २६ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा आरोपित बुढाथोकीविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण  पुस २६ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा गरियो ।


नातिबावु धिताल