बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया बौद्धिक अपाङ्गता भएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–३ अधिकारी चोकका ३० वर्षीय राजेन्द्र अधिकारीलाई पुस २१ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पुस २१ गते साँझ घरमा कोही नभएको अवस्थामा बलात्कार प्रयास गरेको भन्दै पीडितले पुस २३ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिनु भएको थियो ।
पीडित परिवारका अनुसार घरमा कोही नभएको अवस्थामा आरोपितले बलात्कार प्रयास गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिएका हुन् ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्ननाथ मरासिनीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस २१ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।
यसैगरी, १५ वर्षीया बालिकालाई यौन दर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–६ सुख्यौराका २५ वर्षीय मधु सोमरेलाई पुस २१ गते साँझ घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पुस २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित बुवाले पुस २२ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिनु भयो ।
आमा बैदेशिक रोजगारीमा गएको र बुवा काममा गएको मौका छोपेर आरोपितले यौन दुर्व्यवहार गरेको पीडितले बताउनु भयो ।
मौखिक उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्ननाथ मरासिनीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस २१ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायका बाँकी काम सक्ने गरी विधेयक ल्याउन द्वन्द्वपीडित र मानव अधिकार समुदायको माग
द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानले सङ्क्रमणकालीन न्यायका बाँकी काम नसक्ने हुँदा काम सक्ने गरी विधेयक ल्याउन माग गरेका छन् ।…
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…