बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७९ पुस २० गते

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले फाल्गुनन्द गाउँपालिका–७ का २६ वर्षीय दिनेश चेम्जोङलाई पुस १८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस १५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस १५ गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार युवराज दाहालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १६ गते गरिएको छ ।


सहमान विश्वकर्मा