बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले हिलिहाङ गाउँपालिका–२ का ४३ वर्षीय डिल्लीराम कटुवाललाई पुस ५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७९ पुस ४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार युवराज दाहालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस ५ गते गरिएको छ ।
सहमान विश्वकर्मा
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
द्वन्द्ध पीडितलाई न्यायको अनुभूति हुनेगरी बिधेयक संशोधन गर्न एलाइन्सको माग
मानवअधिकार एलाइन्स, राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालले पीडितहरूलाई न्यायको अनुभूति हुनेगरी बिधेयक संशोधनको माग गरेको छ । एलाइन्सका अध्यक्ष मीनबहादुर शाहीले चैत ६ गते विज्ञप्ती जारी गरी नेपाल…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…