बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सोताङ गाउँपालिका–५ का ३५ वर्षीय प्रेमकुमार राईलाई पुस २ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस १ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर शाहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २ गते गरिएको छ ।


अञ्जु कार्की