बलात्कार प्रयास घटनाका आरोपित वडा सदस्यविरुद्ध उजुरी दर्ता
२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा विदुर नपा–४ का वडा सदस्य ४१ वर्षीय शिवकुमार लामाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कात्तिक २५ गते उजुरी दर्ता भएको छ ।
पीडित महिललाई कात्तिक २४ गते बलात्कार प्रयास गरेको पीडितका आफन्तले मौखिक उजुरी गरेपछि सोही दिन राती नै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रुपक खड्काले जानकारी दिनुभयो ।
पीडित महिलाको कात्तिक २५ गते त्रिशूली जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।
आरोपित लामा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा विदुर नपा वडा नं. ४ को वडा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…