बलात्कार प्रयास घटनाका आरोपित बिरुद्ध उजूरी

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीड़ित पक्षले सिराहा नपा-६ का ३० वर्षीय विशेश्वर मुखियाविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ २८ गते उजुरी दिए।

पीड़ित महिलाका अनुसार आरोपितले भदौ २५ गते बलात्कार प्रयास गरेकोले कारबाहीको लागी उजुरी दिएको बताउनु भयो। पीड़ित महिलाको स्वास्थ्य परिक्षण जिल्ला अस्पताल सिराहामा भदौ २८ गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शुभाष बुढाथोकीका अनुसार आरोपित फरार रहेकले खोजी कार्य भइरहेको छ ।

 


दुर्गा परियार