बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७९ भदौ २८ गते

५५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा अजिरकोट गाउँपालिका–५ मुच्चोकका ५० वर्षीय एकबहादुर सुनारलाई प्रहरीले भदौ २६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई भदौ २६ गते बलात्कार प्रयास भएको भन्दै मौखिक उजुरीका आधारमा इलाका प्रहरी कार्यालय जौबारीले भदौ २६ गते आरोपितलाई गिरफ्तार गरेको हो ।

पीडितका आफन्तले भदौ २७ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएका छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ २७ गते नै जिल्ला अस्पतालमा गरिएको छ ।

आरोपितविरुद्ध भदौ २७ गते जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनु भयो ।


हरिराम उप्रेती