बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७९ साउन ३१ गते

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बाणगङ्गा नगरपालिका– ८ मधुवनका ३१ वर्षीय सुमन सुनारलाई साउन २९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन २७ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले साउन २९ गते इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जेसी शाहले बताउनु भयो ।

आफू घरमा काम गरीरहेको समयमा आरोपितले बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २७ गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको छ ।


पार्वती आचार्य