बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

  ०७९ साउन ११ गते

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ३० वर्षीय जेठाजुविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा साउन ९ गते उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले साउन ८ गते बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएकी छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन ९ गते गरिएको छ ।

आरोपित ‘फरार’ रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर प्रदिप पौडेलले बताउनु भयो ।


दुर्गा परियार