बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी

  ०७९ असार १९ गते

४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ५४ वर्षीय नातेदार विरूद्ध असार १७ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले असार १६ गते खेतमा काम गर्न गएको बेला बलात्कार प्रयास गरेको र आफू  चिच्याएर छोरालाई बोलाए आरोपित भागेको पीडितले बताउनु भयो ।

उजुरीका आधारमा आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बीरेन्द्र थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण  असार १७ गते पाल्पा अस्पतालमा गरिएको छ ।


यज्ञमूर्ति तिमिल्सिना