बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया एक महिलालाई तुल्सीपुर उपमनपा–४ दाङका ३० वर्षीय रामबहादुर वलीले बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ०७९ जेठ ३० गते गिरफ्तार गरेको छ
जेठ २९ गते साँझ पसल बन्द गरेर घर जाँदै गरेको अवस्थामा आरोपितले जिल्ला प्रहरी कार्यालय नजिकैको पुलमा बलात्कार प्रयास गरेको भन्दै पीडितले जेठ ३० गते जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिममा उजुरी दिएकी थिइन ।
आरोपितले बलात्कारको प्रयास गरेपछि आफूले प्रतिकार गर्दा पुलबाट खसाउन खोजेको र आफू त्यतिबेला ठूलो आवाजले कराएपछि नजिकै रहेको घरका मानिसले आफूलाई बचाएको पीडितले बताइन ।
आरोपितलाई जेठ ३० गते गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डीएसपी बिष्णु सोतीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ३० गते जिल्ला अस्पताल सल्लेमा भएको जिल्ला अस्पतालका डा. भिमकान्त जैसीले जानकारी दिनुभयो ।


मनिषा केसी