बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले लुम्बिनी सांस्कृतिक नपा–२ भरथापुरका २५ वर्षीय शिवकुमार लोध विरुद्ध जेठ २३ गते  इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले जेठ २३ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षको उजुरी आएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्सपेक्टर युवराजजंग कार्कीले बताउनु भयो ।

राती घरमा सुती रहेको  अवस्थामा आरोपित घर भित्र पसेर बलात्कार प्रयास गरेको पीडितका आफन्तले जानकारी दिनु भयो ।

घटना लगत्तै आरोपित फरार भएको र खोजी कार्य भइरहेको इन्सपेक्टर युवराजजंग कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २३ गते भीम अस्पताल भैरहवामा गरिएको छ  ।


रीमा बिसी