बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७८ चैत ३० गते

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक स्थायी घर भइ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित बहुप्राविधिक शिक्षालयमा प्रिन्सिपल पदमा कार्यरत ३२ वर्षीय इन्द्रप्रसाद आचार्यलाई चैत २९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले चैत २९ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी गरेपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सागर शाहले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत ३० गर्ने तयारी गरिएको छ ।


तारानाथ फुयल