बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७८ मङ्सिर २५ गते

१८ वर्षीया छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा ४८ वर्षीय पुरूषलाई प्रहरीले मङ्सिर २३ गते घरबाटै गिरफ्तार गरेको छ ।

मङ्सिर १७ गते राति १ बजेतिर छोरी सुतेको कोठामा पुगेर बलात्कार प्रयास गरेको भन्दै पीडितले बचाउ गर्दा च्यातिएको सुरूवालसहित मङ्सिर १९ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको जिल्ल प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश तेलीले जानकारी दिनुभयो ।

पीडित युवतिको स्वास्थ्य परीक्षण मङ्सिर १९ गते दैलेख अस्पतालमा गरिएको डाक्टर जीवन ज्ञवालीले जानकारी दिनुभयो ।


अमर सुनार