बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

  ०७८ मङ्सिर १५ गते

२२ वर्षीया महिलालाई मङ्सिर ९ गते बलात्कार प्रयास गरेको आरोपमा पचरौता नगरपालिका–७ बेनौली टोलका ३२ वर्षीय सञ्जय पासवानविरुद्ध पीडित पक्षले मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित मलिालाई बलात्कार प्रयास भएको र प्रहरीमा उजुरी दिन कलैया आउन लाग्दा कुटपिट र दुर्व्यवहार भएको पीडित परिवारका सदस्यले बताए ।

16 days campaignNepali

जिल्ला प्रहरी कार्यालयका एसपी दिपेन्द्र शाहीले घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्ने बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १४ गते कलैया अस्पतालमा गरिएको छ ।


भोलानाथ पौडेल