बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३७ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका–७ भुजहवाका २५ वर्षीय रविप्रताप यादवलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले मङ्सिर ५ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले  सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएपी राजु लामाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ५ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको डाक्टर मोहम्मद नुरुल होदाले बताउनु भयो ।


नारायण पराजुली