बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

  ०७८ कात्तिक १० गते

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले ५१ वर्षीय ससुराविरुद्ध कात्तिक ९ गते उजुरी दर्ता गरेको छ ।

पीडितले गत असार ३० गते उनका ससुराले बलात्कार प्रयास गरेको भन्दै दिएको उजुरी दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी राजेन्द्रप्रसाद धमलाले बताउनु भयो ।

पीडित महिला घटनाका दिनदेखि छोरासहित सिरहास्थित माइतिघरमा बस्दै आएकी छन् । पीडितलाई ०७८ असार ३० गते ससुरा, सासू र नन्दले कुटपिट गरी घाइते बनाएको भन्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारार्थ भर्ना भएकी थिइन् । पीडितको घाउजाँच असार ३१ गते गरिएको थियो ।

आरोपितका छोराले झुठा आरोप लगाएको बताउनु भयो । आरोपितलाई प्रहरीले कात्तिक ९ गतेसम्म गिरफ्तार गरेको छैन ।


मनोहरकुमार पोखरेल