बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७८ कात्तिक ८ गते

४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–महानगर पालिका–१५ का २२ वर्षीय अमर रावतलाई कात्तिक ८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कात्तिक ६ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले कात्तिक ७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

आरोपितले कुटपिटसमेत गरेको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

कुटपिटबाट नाक, मुखमा चोट लागेकी पीडितको उपचार र स्वास्थ्य परीक्षण कात्तिक ८ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।


जयनारायण पुन