बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

२८ वर्षीया महिलालाई ब्रह्मपुरी गाउँपालिका–३, भेलहीका वडा सदस्य ३५ वर्षीय नरेश भन्ने राम नरेश कुमार साहले कात्तिक १ गते बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा कात्तिक ३ गते उजुरी दिएकी छन् ।

घटना लगत्तै आरोपित ‘फरार’ रहेकाले छिटो भन्दा छिटो गिरफ्तार गरी कारवाही पक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले जानकारी दिनु भएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक ३ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।


बुधन साह