बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१९ वर्षीया युवतीलाई असोज १४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले गोडैता नपा–१२ मधुवनीका २८ वर्षीय रविन्द्रकुमार यादव र ३१ वर्षीय रामएकवाल राय यादवविरूद्ध असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित पक्षले दिएको उजुरी दर्ता गरी ‘फरार’ रहेका दुई जना आरोपितहरूको खोजी कार्य थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर डाटाशङ्कर यादवले बताउनु भएको छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षण असोज १७ गत सर्लाहीे जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।


अनलाइन डेस्क