बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी
३० वर्षीया महिलालाई ब्रह्मपुरी गाउँपालिका-७, नोकैल्वाका वडा अध्यक्ष ३६ वर्षीय श्यामकुमार यादवले भदौ ५ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा भदौ १३ गते उजुरी दिएकी छन् ।
आरोपितले यसअघि पनि पटकपटक आफूलाई दुर्व्यवहार गरेको पीडित महिलाले बताउनु भयो । पीडित महिलाको आर्थिक अवस्था कमजोर भएका कारण पति वैदेशिक रोजगारीका लागि विगत दुई वर्षदेखि कुवेतमा छन् ।
राजनीतिक निहुँमा र गाउँमै भएको पुरानो झगडाको बदला लिन गाउँकै केही स्थानीय व्यक्तिहरूले बलात्कार प्रयासको नाउँमा फसाएर बदनाम गर्न खोजेको वडा अध्यक्ष यादवका भाइ जसविन्द्र भनिने जोगेन्द्र यादवले बताउनु भयो ।
आरोपित घटनापछि फरार रहेकाले गिरफ्तार गरी कारवाही पक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ १३ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।
बुधन साह
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…