बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७८ साउन १२ गते

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिपुरासुन्दरी नगरपालिका-६ फुल्चिङका  वडा सदस्य ५३ वर्षीय वीरबहादुर बमलाई प्रहरीले ०७८ साउन ११ गते गिरफ्तार गरेको छ ।

आरोपितले ०७८ असार २५ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले साउन ४ गते दिएको उजुरीको आधारमा त्रिपुरासुन्दरी नपा–७ छलमा आफन्तकहाँ लुकेर बसेको अवस्थामा आरोपितलाई गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालयमा पठाइएको त्रिपुराकोट प्रहरी चौकीका सई रूद्रबहादुर शाहीले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण साउन ५ गते जिल्ला अस्पतालमा गरिएको डाक्टर सिजन रावलले बताउनुभयो ।


विष्णुप्रसाद देवकोटा